Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

ओखलढुंगा – ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको वडा नं. १, २ र ४ मा माओवादी केन्द्रले जितेको छ । प्रमुख र उपप्रमुखमा पनि माओवादी केन्द्र अगाडि छ ।

वडा नं. ३ मा नेपाली कांग्रेस विजयी भएको छ ।  मानेभञ्ज्यांग गाउँपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसले जित हात पारेको छ  भने ३ नं वडामा एमाले विजयी भएको छ । चम्पादेवी गाउँ पालिकामा १ र १० मा कांग्रेसले नै जित हात पारेको छ ।

यो गाउँपालिकामा प्रमुख र उपप्रमुमा पनि कांग्रेसले अग्रता लिएको छ । सुनकोसी गाउँपालिका वडा नं. १० मा कांग्रेस विजयी भएको छ भने वडा नं. १ मा एमाल विजयी भएको छ ।

सिद्धिचरण नगरपालिका वडा नं. १ मा एमाले र वडा नं. ९ मा कांग्रेसले जितेको  छ । नगरपालिकामा एमाले अगाडि छ । लिखु गाउँपालिका वडा नं. ९ मा एमालेले जित हात पारेको छ भने खिजीदेम्बा गाउँपालिकाको वडा नं. १ मा कांग्रेसले जितेको छ । यो गाउँपालिकामा कांग्रेस अगाडि छ ।

तपाईको प्रतिक्रिया