Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

बैतडी – पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गाउँ सुर्नया गाउँपालिकाको वडा नं २ वासुलिंगमा राप्रपा प्यानलसहित विजयी भएको छ । अध्यक्षमा राप्रपाका हर्कबहादुर पाण्डे ३२१ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्दी एमालेका मोहनबहादुर बिष्टले १९३ मत ल्याउनुभयो ।  सदस्यमा राप्रपाकै कमला चन्द, अनिता महरा, जीत बहादुर बिष्ट र दान बहादुर ऐरी विजयी हुनुभएको छ ।

यसैगरी सुर्नया गाउँपालिकाको वडा नं ८ मा स्वतन्त्र उम्मेदवार आनन्दसिंह बोहराले २४५ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पदम साउदले २०० मत ल्याउनुभएको छ ।

सदस्यमा स्वतन्त्र उम्मेदवार मानसिंह महरा, एमालेका लछुदेवी महरा र दुरा लुहार विजयी हुनुभएको छ । सुर्नया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नरेन्द्र बहादुर बिष्टको अग्रता कायमै रहेको छ ।

शुक्रबार विहानसम्म बिष्टले ६६७ मत ल्याउनुभएको छ भने कांग्रेसका बीरबहादुर बिष्टले ५७७, माओवादी केन्द्रका नरी भाटले १५१, राष्ट्रिय प्रजातन्त्र पार्टीका देवबहादुर चन्दले ४६४ मत ल्याउनुभएको छ ।

यस्तै उपाध्यक्षमा एमालेका लीला बिष्टले ७१८, कांग्रेसका भागरथी बोहराले ५६०, माओवादी केन्द्रका गोमती अवस्थीले १७६ र राप्रपाका उत्तरा अवस्थीले ३९९ मत ल्याउनुभएको ।

तपाईको प्रतिक्रिया