Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

नेपालगन्ज – बाँकेका ८ स्थानीय तह मध्ये चारमा नेकपा एमालेले अग्रता लिएको छ । यसैगरी कांग्रेसले २, संघीय समाजवादी फोरम र राप्रपाले १/१ तहमा अग्रता लिएका छन् ।

नेकपा एमालेले नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा अग्रता लिएको छ । कांग्रेसले डुडुवा र राप्तीसोनारी गाउँपालिकामा अग्रता लिएको छ ।

फोरमले नरैनापुर र राप्रपाले जानकीमा अग्रता लिएका छन् । नेपालगन्जमा प्रमुखमा एमाले २८०, का‌ग्रेस २३२, राप्रपा २०४ र माओवादी केन्द्र १४४ मत आएको छ । खजुरामा प्रमुखमा एमाले १०१३, माओवादी ४३१ र कांग्रेस ३०९ मत आएको छ ।

वडा नम्बर १ को अध्यक्षमा एमालेका सुमन मल्ल १०५४ मतसहित विजयी हुनुभएको छ । डुडुवामा प्रमुखमा काँग्रेस ११४२, फोरम नेपाल १०७८, राप्रपा २४८, फोरम लोकतान्त्रिक २३५, माओवादी केन्द्र १५३ र एमालेको ८८ मत आएको छ ।

तपाईको प्रतिक्रिया