Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – नेपाली उद्यमी भवन भट्टको लगानीमा नागानो केनमा रहेको रिसोर्ट होटल तातेसिनाको शुक्रबार एक समारोहका बीच पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्ट मगरले उदघाटन गरे । मन्त्री बिष्टसंगै जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई, चिनो सिटीका नगरप्रमुख चियोखाजु यानागीदायरा, उद्योग वाणिज्य महासंघका अध्यक्ष मियासाका ताकाओ, नागानोकेनका सांसद इमाई आत्सुई, पर्यटन बोर्डका प्रमुख ओगिवारा युइची, रोटारी क्लवका अध्यक्ष योसिदा मासादातोसी  र  टिबिआईग्रुपका अध्यक्ष  भट्टले संयुक्तरुपमा रिबन काटेर होटलको उदघाटन गरेका हुन् ।

उदघाटन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री बिष्टले उक्त रिसोर्ट होटलको सञ्चालनबाट नेपाल-जापानबीचको सम्बन्धमा बिकास हुनुका साथै नेपालको पर्यटन बिकासमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । उनले नेपाल सरकारले गरेको घोषणाअनुसार सन् २०१२ लाई लुम्बिनी भ्रमण बर्षकोरुपमा मनाउन गईरहेको जानकारी गराउँदैं जापानी मित्रहरुलाई नेपाल भ्रमण गर्न निम्तो दिए । नेपाल जापानबीच सम्बन्धको ऐतिहासिक पक्षबारे प्रकाश पादैं मन्त्री बिष्टले भने- ‘चालु बर्ष र आगामी बर्षलाई नेपाल सरकारले लुम्बिनी भ्रमण बर्ष र लगानी बर्षकोरुपमा मनाउने निर्णय गरिसकेको परिप्रेक्ष्यमा यसलाई सफल पार्न देशभित्र र डायस्पोरामा रहेका नेपालीहरुले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न म आग्रह गर्दछु । लुम्बिनी भ्रमण बर्ष सम्पन्न गर्न नेपालका लागि जापानी पूर्व राजदूत तात्सुमा मिजुनोलाई सद्भावना राजदूतकारुपमा मनोनयन गरिएको छ, आशा एवं बिश्वास छ, उहाँबाट हामीले धेरै नै सहयोग प्राप्त गर्ने छौं।’

समुदघाटन समारोहमा जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले नेपाली युवा उद्यमी भट्टको ब्यवसायिक सफलताको कामना गर्दै होटल सञ्चालनबाट प्रत्यक्ष वा अप्रत्यक्षरुपमा नेपालको पर्यटन बिकासमा सघाउ पुग्ने बिश्वास ब्यक्त गरे ।

यस अघि  एनआरएन आइसीसीका कोषाध्यक्ष समेत रहेका उक्त होटल ग्रुपका अध्यक्ष भवन भट्टले उपस्थित समस्त महानुभावहरुको हार्दिक स्वागत गर्दै नेपाली नयाँ बर्षको सुखद घडिमा आफ्नो होटलको उदघाटन गर्न पाएकोमा प्रसन्नता ब्यक्त गरे । उनले होटल ब्यवसायबाट नेपालको पर्यटन प्रबर्द्धनमा यथेष्ट सघाउ पुरयाउन सकिने बताए । स्थानिय पर्यटकहरुप्रति लक्षित होटल समुदघाटन समारोहमा  जापानमा रहेका बिभिन्न क्षेत्रका नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो । उक्त होटल जापानका नेपालीहरुको लगानीमा भएको ब्यवसाय मध्य सबैभन्दा ठूलो लगानीको ब्यवसाय मानिन्छ । ***

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया