Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो- बुधबार टोकियोमा जापानमा रहेका नेपालीहरुको विविध पक्षका बारेमा केन्द्रित रही टेलिभिजन कार्यक्रम साझा सवाल छायांकन गरियो । बिबिसी नेपाली सेवाको सो कार्यक्रम रेकर्डिङका लागि जापान आएको टोलीले साझा सवाल कार्यक्रम रेकर्ड गरेको हो ।

कार्यक्रममा जापानका लागि नेपाली राजदूत मदनकुमार भट्टराई, एनआरएन आईसीसी कोषाध्यक्ष भवन भट्ट लगायतका यहाँका बिभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी, ब्यवसायी, बुद्धिजीवी, बिद्यार्थी, मजदुर लगायत सर्बसाधारण नेपाली तथा जापानीहरुको बिचार ब्यक्त गरिएको थियो । बिशेषगरी जापानमा रहेका बिभिन्न क्षेत्रका नेपालीहरुले उनीहरुको चासो, चिन्ता र सरोकारका बिषयहरुमा आ-आफ्ना बिचार राखेका थिए ।

जापानमा समग्र नेपालीहरुको अवस्था, कुक पेशामा संलग्न नेपालीहरुका समस्या र समाधान, प्रशिक्षार्थी कामदारका बिषय, बिद्यार्थीका समस्या, जापानमा डेढ दशक अघि र हालका नेपालीहरुको अवस्थामा भिन्नता, जापानमा नेपाली शरणार्थीहरुको बढ्दो क्रम, नेपालीप्रति जापानीहरुको दृष्टिकोण, लुम्बिनी तथा सगरमाथा बारे भ्रामक प्रचार चिर्नका लागि संभावित उपायलगायतका समसामयिक एवं संबेदनशील बिषयमा साझा सवालको बहस केन्द्रित रहेको थियो । उपर्युक्त बिषयहरुमा जापानस्थित दूतावासको ध्यानाकर्षण गराउँदैं दूतावासको भूमिका र पहलबारे राखिएको जिज्ञासामा जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले आफ्ना विचारसहित जानकारी गराउनुभएको थियो । यसैगरी अर्का बिशेष अतिथि वक्ता भवन भट्टले एनआरएनको सामुहिक लगानीका बिषय र जापानमा नेपालीहरुको ब्यवसायिक स्थिति एवं सफलताका बारेमा प्रकाश पार्नुभएको थियो । बिसौं बर्ष नेपाल बसेका जापानी नागरिकता त्यागेर नेपाली नागरिकता लिएका ताकाशी मियाहारा, युको ओकामोतो मल्ललगायतका जापानीहरुले साझा सवालको बहसलाई थप विविधता प्रदान गर्नुभएको थियो ।

जापानमा साझा सवाल कार्यक्रम रेकर्डका लागि टोली १० दिन अघि जापान आएको हो । उक्त साझा सवाल कार्यक्रम सम्पन्न गर्ने सन्दर्भमा नेपाल पत्रकार महासंघ जापानको सहयोगी भूमिका रहेको थियो भने ‘वी फर अल’ले स्वयमसेवी भूमिका निर्बाह गरेको थियो  र तमू धीं जापानका कोषाध्यक्ष खडगसिंह गुरुङले क्यामेरामा सहयोग गर्नुभएको थियो । अन्तमा, कार्यक्रम प्रस्तोता नारायण श्रेष्ठले सहयोगीहरु  र सहभागी सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।  ***

 

 

तस्विरः सन्दीप ढुंगाना

 

तपाईको प्रतिक्रिया