Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राजदूतहरुको सिफारिस पुष्पकमल दाहाल सरकारले उल्टाएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक तहबाट नियुक्त भएका राजदूत सिफारिस सम्बन्धी निर्णय फिर्ता लिएको हो ।

सिफारिस गरिएका २२ मध्ये राजनीतिक पृष्ठभूमिबाट सिफारिस भएका १४ जना राजदूतहरुको नाम सरकारले फिर्ता लिएको जनाएको छ । शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले पराराष्ट्र सेवाबाट आएका आठ राजदूत बाहेक बाँकी राजनीतिक पृष्ठभूमिबाट आएका १४ राजदूतहरूको सिफारिस फिर्ता लिएको हो । Pm-office

परराष्ट्र सेवाबाट सिफारिस भएका डा.दुर्गाबहादुर सुवेदी (बेलायत), लोकबहादुर थापा (बेल्जियम), प्रकाशकुमार सुवेदी (अस्ट्रिया) ताराप्रसाद पोखरेल (ब्राजिल), रमेशप्रसाद खनाल (जर्मनी), सेवा लम्साल अधिकारी (पाकिस्तान) झवीन्द्र अर्याल (इजिप्ट), ऋषिराम घिमिरे (म्यानमार) लाई भने फिर्ता लिएको छैन् ।

यस्तै सरकारले मुलुकभरका दलित र कर्णालीका नवजात शिशुको जन्मदर्ता गर्न तोकिएको म्यादभित्रै आउने परिवारलाई प्रोत्साहन स्वरूप एक हजार प्रदान गर्न समेत निर्णय गरेको छ ।

यसैगरी सरकारले मधेस आन्दोलनमा मारिएकाका परिवारलाई प्रति–परिवार १० लाख रुपैयाँ एक हप्ताभित्र उपलब्ध गराउने निर्णय पनि गरेको छ । मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकबाट यो निर्णय गर्नु अघि प्रचण्डले मधेसी मोर्चामा आवद्ध दलका नेताहरुसँग परामर्श गर्नुभएको थियो ।

बैठकले मधेस आन्दोलनमा घाइते भएकाहरुलाई उपचार खर्च दिने निर्णय पनि गरेको छ । यसैगरी मधेस आन्दोलमा भएको भनिएको दमन छानबिनका लागि पनि गृहमन्त्रालयलाई प्रक्रिया थाल्न मन्त्रिपरिषद बैठकले निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया