Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालका लागि बेलायतका राजदूत रिजार्च मोरिस र बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी) का नेपालस्थित कार्यालयका प्रमुख गेइल मार्जेटीले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालको निजी निवास लाजिम्पाटमा भएको भेटवार्तामा राजदूत मोरिसले नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको बधाई दिँदै सफल कार्यकालको कामना गर्नुभएको थियो । नेपाल र बेलायतबीचको मैत्री सम्बन्धलाई नयाँ उचाइमा उठाउन आफू र आफ्नो नेतृत्वको सरकारले महत्त्वपूर्ण काम गर्ने भन्दै प्रधानमन्त्रीले एक आपसमा मिलेर काम गर्ने विचार समेत व्यक्त गर्नुभएको उहाँको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रधानमन्त्रीले बेलायत सरकार र बेलायती जनताको तर्फबाट प्राप्त भएको बधाईप्रति धन्यवाद दिनुभएको थियो । यस्तै विकास साझेदार डिएफआइडीले नेपालको विकासमा पुर्‍याएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा थप सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया