Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – काँग्रेस सभापति शेरबहादुर देउवाले सपथमा जानु दुई घण्टाअघिसम्म पनि मन्त्रिपरिषद्मा कसलाई पठाउने भन्नेबारे स्वयं मन्त्री बन्न जानेलाई समेत औपचारिक जानकारी दिनुभएन् ।

यतिसम्म कि देउवाले पार्टीबाट सरकारको नेतृत्व गरेका विमलेन्द्र निधिसँग समेत क–कसलाई मन्त्री बनाउने बारेमा परामर्श गर्न आवश्यक ठान्नुभएन् । निधिलाई गृहसहित उपप्रधानमन्त्री दिएर पार्टीको नेतृत्व गरेर पठाउने भित्री योजना देउवाको सुरुदेखिकै हो । आजको कान्तिपुर दैनिकमा खबर छ । काँग्रेस–माओवादी केन्द्रको गठधबन्धन निर्माणका सूत्राधारमध्येका निधिलाई पठाउँदा स्वभाविक हुने ठानेरै देउवा यो निर्णयमा पुग्नुभएको हो । तर स्वयम् निधिले देउवाको निर्णय दुई घण्टा अघिमात्रै थाह पाए, भलै उनी गठबन्धन निर्माणका लागि आफूलाई दिइएका भूमिकाकारण पार्टीबाट सरकारको नेतृत्व गर्न पाउनेमा भने ढुक्क हुनुहुन्थ्यो ।

तीन दिनअघि आफू निकटका नेताहरुसंग देउवाले पहिलो चरणमा ३ या ४ जनालाई मात्रै मन्त्रिपरिषद्मा पठाउन लागेको जानकारी गराउनुभएको थिए । तर, उहाँले क–कसलाई पठाउने भन्नेबारे खुलाउनुभएन् । निधिपछि डा. शेखर कोइराला उहाँको पहिलो रोजाईमा हुनुहुन्थ्यो । पौडेल पक्षले नाम नदिए पनि शेखरलाई उहाँकै चाहनाअनुसार साझा व्यक्तिका रूपमा पठाउने तयारी देउवाको थियो । कोइरालाले पनि आफूलाई कुनै गुटको नेताका रूपमा प्रतिनिधित्व नगराईदिन देउवासंग धेरैपटक आग्रह गर्नुभएको थियो । उहाँको एकमात्रै चाहना परराष्ट्र मन्त्रालय थियो ।

परराष्ट्र नपाएपछि उहाँ अन्य मन्त्रालय लिएर बिहीबारको समथ ग्रहणमा जानुभएन् । काँग्रेस नेता अर्जुननरसिंह केसी पनि आफूले खोजेको जस्तो मन्त्रालय नपाएपछि सपथमा जानुभएन् । सरकारको नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएका केसीले विकल्पमा गृह या विकास मन्त्रालय पाउनुपर्ने अडान राख्दै आउनुभएको थियो ।

पौडेल पक्ष असन्तुष्ट

आफूले रोजेको मन्त्रालय नपाएकामा केसी र कोइराला असन्तुष्ट भए नै । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूह त स्थापित परम्परा, मान्यता र पार्टीको विधान विपरीत सभापति देउवा चलेको भन्दै खुलेरै आलोचना गर्नुभएको छ ।

आफ्ना पक्षलाई रोजेर र आफूहरुलाई छाडेको मन्त्रालय दिन लागिएको भन्दै सशंकित पौडेल समूहको बिहीबारनै स्वयम्भूस्थित सम्पर्क कार्यालयमा भेला बोलाएरै सभापति देउवाको आलोचना गरिएको थियो । नयाँ सत्ता समीकरणको भूमिकाबाट आफ्नो समूहलाई अलग गरिएकोमा पौडेलको मुख्य असन्तुष्टी देखिएको छ ।

तपाईको प्रतिक्रिया