Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

1काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीलाई पनि बिना पूर्वाग्रह सघाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीलाई आग्रह गर्नुभएको छ ।

९ महिने कार्यकालको अन्तिम दिन मंगलबार प्रधानमन्त्री कार्यालयमा बिदाइ भेट गर्दै ओलीले देश विकासका लागि नयाँ प्रधानमन्त्रीलाई सघाउन आग्रह गर्नुभएको आजको कान्तिपुर दैनिकमा खबर छ । ‘अब एक दुई दिनमा त्यहाँ (प्रधानमन्त्रीको कुर्सी देखाउँदै) आउनुहुन्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँका वरिष्ठ सञ्चार विज्ञ चेतन अधिकारीले भने, ‘उहाँलाई पनि बिना राजनीतिक पूर्वाग्रह सघाउनुस् ।’

ओलीले आफू एक्लो प्रयासले मात्रै सफल नभएको भन्दै सर्बलाई धन्यवाद दिनुभयो । ‘मेरो एक्लो प्रयासले मात्रै होइन,’ उनले भने, ‘तपाईंहरुको साथ सहयोगमा सरकार सफल रह्यो, विकासका योजनाहरु ल्याउन सफल भयो ।’प्रधानमन्त्री सिंहदरवारबाट बिदा हुनुअघि प्रधानमन्त्री कार्यालयका कर्मचारीहरु फोटो खिच्न उनको कार्यकक्ष पुगेका थिए । त्यसअघि मन्त्रीहरुले सामूहिक फोटो खिचाएका थिए । 1470148201408_RoS_KTM_160802_IMG_1053मन्त्रिपरिषदको मंगलबार नै बसेको बैठकले सरकारलाई सहयोग गरेको भन्दै नेपाली जनता, राजनीतिक दल, कर्मचारीवर्ग, सञ्चार जगतलाई धन्यवाद दिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया