Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

बझाङ – बझाङ काँडा गाविस-४ चुकझाडमा पहिरो जाँदो ५ घर बगेको छ । १ सय ५ परिवार बसोबास गर्ने चुकझाडमा टेलिफोन सम्पर्क टुटेका कारण घटनाबारे पछिल्लो जानकारी लिन सकिएको छैन ।

काँडा गाविसको सबैभन्दा ठूलो वडा नम्बर ४ मा पहिरो जाँदा काडा गाविस चुकझाडका बमबहादुर बोहरा, गोर बोहरा, लाल बहादुर बोहरा, मोहन बहादुर बोहरा र मिन बहादुर बोहराको घर बगेको स्थानीय गोरखबहादुर बोहराले बताउनुभयो ।

वडा नम्बर ४ को बिच गाँउमा माथीबाट पहिरो जाँदा वडा नम्बर ४ कै राम बोहरा, जोगमल बोहरा, दलभान कामी, फुगे बोहरा, गिरी बोहरा, धुर्पु बोहरा र गिरी बोहराका घर जोखिममा परेका हुन् ।  लगातार परेको वर्षाका कारण पहिरो जानेक्रम नरोकिएकोले सीमा प्रहरी चौकी धुलीबाट प्रहरीको टोली घटनास्थलमा खटीएको प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले बताउनु भयो । उहाँका अनुसार घटनाको थप जानकारी आई सकेको छैन । टेलिफोन सम्पर्क टुटेको छ ।

गएको वर्षपनि चुकझाडमै पहिरो गएको थियो । गएको वर्ष ठूलो क्षति नभएपनि यो वर्ष गाउँ नै जोखिममा रहेको स्थानीय बासिन्दाले बताएका छन् । सदरमुकाम चैनपुरबाट तीन दिनको पैदल दुरीमा चुकझाड गाउँ पर्दछ ।

प्रहरी चौकी मेलबिसौनाबाट समेत प्रहरीको टोली घटनास्थल तर्फ खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सीमा प्रहरी चौकी धुली र प्रहरी चौकी मेलबिसौनाबाट प्रहरी टोली खटीए पनि लगातार वर्षाका कारण र बिच बिचमा रामेखोला, थरुन गाड लगायतका खोलामा हालेको काठेपुल बगाउँदा घटनास्थल पुग्न समय लाग्ने प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले बताउनु भयो । घटनाको थप जानकारी आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया