Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – सप्तरीको तिलाठीमा तत्काल बाँध निर्माणको काम रोक्न भारत सहमत भएको छ । नेपाल र भारतका प्रतिनिधिबिच तत्काल बाँध निर्माणको काम रोक्ने सहमती भएको हो । अहिले त्यहाँ नेपालतर्फ सशस्त्र प्रहरी र भारततर्फ सीमा सुरक्षा बल एसएसबी तैनाथ गरिएको छ ।

?????????????????????????????????????????????????????????

तिलाठीमा हिजो भारतीय र नेपाली पक्षबिच झडप भएपछि दुवैतर्फबाट सुरक्षाकर्मीको तैनाथी बढाइएको हो । भारतीय पक्षले एकलौटी रुपमा बनाएको बाँध त्यहाँका स्थानीयबासिन्दाले भत्काएपछि बिहीबार रातिसम्म झडप भएको थियो ।

झडपमा तिलाठी–४ का ५२ वर्षे देवनारायण यादव, तिलाठी–१ का १६ वर्षे हर्षबर्धन कर्ण, बिसहरिया–८ का सुशील यादव, तिलाठी–७ का रोशन झा, दुर्गानन्द झा र संजिव झा तथा रमपुरामलहिनिया–५ का विनोद यादव, शम्भु यादव र सूर्यनारायण यादव घाइते हुनुभएको छ ।

घाइते मध्ये देवनारायण यादवको अवस्था गम्भीर छ । नेपाल भारत सीमा दशगजा क्षेत्रमा भारतीय पक्षले जबर्जस्ती बनाएको बाँधले झण्डै एकदर्जन गाविस डुबानको जोखिममा परेपछि सप्तरीको तिलाठी गाविसका बासिन्दाले भत्काइदिएका हुन् ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले अब दुई देशबिच छलफल भएर आधिकारिक निर्णय नआएसम्म बाँध बनाउने काम अघि नबढ्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया