Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

कञ्चनपुर – महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिमी सीमा नाका गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङग्रे सवारी साधनको अवागमन बन्द भएको छ ।

शनिबार दिउँसो दार्चुला र बैतडीमा परेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेर दुई लाख २१ हजार नघेपछि भारतीय पक्षले पुलमा चारपाङ्ग्रे सवारी साधनको अवागमन बन्द गरेको हो ।

mahakali

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्ने बित्तिकै भारतीय पक्षले पुलमा गाडी आवतजावत बन्द गर्दै आएको छ । पानीको बहाव बढेसँगै कञ्चनपुरको भीमदत्त नगरपालिका तथा दोधरा चाँदनीका महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले आइतबार दिउँसो २ बजे महाकाली नदीमा पानीको बहाव दुई लाख २१ हजार सात सय ३४ क्युसेक मापन गरिएको जानकारी दिनुभयो । यसअघि गत असार १७ गते महाकाली नदीमा पानीको बहाव दुई लाख ७४ हजार क्युसेक पुगेको थियो ।

तपाईको प्रतिक्रिया