Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरुले केन्द्रीय समितिमा आवश्यक परामर्श गरेर पार्टीका महत्वपूर्ण निर्णय लिन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ ।
Nepali-congress-750

वरिष्ठ नेता पौडेलको नेतृत्वमा कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा रामशरण महतले सभापति देउवासँग मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको हो ।

देउवा निवास बूढानीलकण्ठमा आज भएको उक्त भेटमा वर्तमान सरकारविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको नेता डा महतले जानकारी दिनुभयो ।

भेटमा उहाँहरुले सबै पक्षसँग आवश्यक सरसल्लाह गरेर शीघ्र पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिन र विभाग गठन गर्न पनि सभापतिलाई सुझाव दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया