Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

सुर्खेत – नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीका सुर्खेत इन्चार्जसहित ९ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।चन्द माओवादीले गरेको दुई घण्टे देशव्यापी चक्काजामको क्रममा वीरेन्द्रनगरको मंगलगढीचोकबाट उनीहरुलाई प्रहरीले प्रक्राउ गरेको हो ।

pakrau

प्रहरीले माओवादीका सेक्रेटरी प्रकाश ओली, विद्यार्थीका केन्द्रीय सदस्य धनबहादुर नेपाली, कमलसिं बुढा, धुव्र बोगटी, सिद्ध खड्का, टेकबहादुर परियार, लालबहादुर बुढा, लगायतलाई प्रक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका सबै नेता कार्यकर्तालाई अहिले नगर प्रहरी कार्यालयमा राखिएको छ । सर्लाही जिल्लाको सागरनाथ गाविसमा रहेका सुकुम्बासीमाथि प्रहरीले दमन गरेको भन्दै त्यसको बिरोधमा विप्लव माओवादीले आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म देशव्यापी चक्काजाम गरेको माओवादीका इन्चार्ज बालाराम सुनारले बताउनुभयो ।

तपाईको प्रतिक्रिया