Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिए पनि बजेट पारित गर्न भने सघाउने भएको छ ।बुधबार संसद भवन नयाँबानेश्वरमा बसेको माओवादी संसदीय दलको बैठकले बजेट पारित गर्न अवरोध नगर्ने निर्णय गरेको हो ।

माओवादी नेता गिरिराजमणि पोख्रेलले भन्नुभयो, ‘हामीले अविश्वासको प्रस्ताव दर्ता गरायौं । बजेट पारित गर्न दिन्छौं तर त्यसअघि एमालेसँग हाई लेभलमा छलफल गर्ने निर्णय भएको छ ।’

कांग्रेस र माओवादीले संसद बैठकमा बुधबारै अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस सचेतक इश्वरी न्यौपानेका अनुसार अविश्वासको प्रस्तावमा २ सय ५४ जनाको हस्ताक्षर छ ।

तपाईको प्रतिक्रिया