Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार परिवर्तन भारतको चाहनामा भएको दाबी गर्नुभएको छ । सरकार परिवर्तनको खेलमा मधेसवादी दलहरु चेस खेलको सिपाहीको जस्तै भूमिकामा रहेको उहाँले टिप्पणी गर्नुभयो ।

Narayanman-Bijukchhe-1

बुधबार रफत सञ्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा बिजुक्छेले चीनका राष्ट्रपतिको नेपाल भ्रमण तय भए त्यो नेपाल र नेपालीको हितमा हुनसक्ने ठानेर भारतले देउवा, प्रचण्ड र मधेसवादी दलहरुलाई गोटी बनाएर सरकार परिवर्तन गराएको आरोप लगाउनुभयो ।

वर्तमान सभामुख ओनसरी घर्ती निवासमा कांग्रेस र माओवादी केन्द्रका नेताहरुको बैठकपछि सरकार परिवर्तनको डिजाइन गरिनु र चलखेल हुनुले सभामुखको निष्पक्ष र तठस्थतामा प्रश्न उठेको उहाँले बताउनुभयो ।

संवैधानिक जटिलताहरु समेत रहेकाले नयाँ सरकार गठनको बिषय सहज नभएको जिकीरसमेत उहाँले गर्नुभयो ।

तपाईको प्रतिक्रिया