काठमाडौँ – वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन अल्टिमेटम नै दिईएको छ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन ३ बजेसम्मको समय दिएको स्रोतले बतायो ।
माओवादी केन्द्रका एक नेताले भन्नुभयो,‘अहिले १२ बज्यो, अबको ३ घण्टा (अपराह्न ३ बजेसम्म) का लागि ओलीलाई राजीनामा दिनका लागि अल्टिमेटम दिएका छौ ।’तीन बजेसम्म राजीनामा नदिए सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने काँग्रेस र माओवादीको तयारी छ ।
सरकारको समर्थन फिर्ता लिएको माओवादीले प्रधानमन्त्रीको राजीनामा माग्दै आएको छ । राजीनामा नदिए बजेट पारित गर्न पनि नदिने माओवादीले चेतावनी दिएको छ ।
यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प नरहेको बताउनुभएको छ ।
यसबारे थप समाचारहरु
प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्ने काँग्रेसको निर्णय
प्रधानमन्त्रीले राजीनामा नगरे आजै अविश्वासको प्रस्ताव दर्ता गर्ने माओवादीको निर्णय