Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

काठमाडौँ – नेपाली काँग्रेसले नयाँ प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गर्ने निर्णय गरेको छ ।

congress-palirment भर्खरै संसद भवन नयाँ बानेश्वारमा सम्पन्न केन्द्रीय समिति बैठकले नयाँ प्रधानमन्त्रीमा दाहाललाई समर्थन गर्ने निर्णय गरेको बैठकमा सहभागी केन्द्रिय सदस्य प्रदिप पौडेलले समुद्रपारिलाई जानकारी दिनुभयो ।

पौडेलले भन्नुभयो, ‘काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालबीच भएको सात बुदे सम्झौताको पनि अनुमोदन बैठकले गर्‍यो, अब संसदमा प्रधानमन्त्रीको राजीनामा माग्ने काम र अविश्वासको प्रस्ताव लैजाने काम पनि अगाडी बढ्छ । ’ प्रधानमन्त्रीले ओलीले राजीनामा नगरे अविश्वासको प्रस्ताव दर्ता गरिने पौडेलले बताउनुभयो ।

संसदको प्रमुख दल काँग्रेसको यो निर्णयसँग नयाँ प्रधानमन्त्री माओवादी अध्यक्ष दाहाल हुने लगभग निश्चित भएको छ ।

तपाईको प्रतिक्रिया