मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

टोकियो – सितार समाज जापान र सोसाइटी फर एजुकेटिङ उमन इन एसिया (सेवा) को संयुक्त आयोजनामा नेपालको चिनारी बढाउने उद्देश्यले टोकियोमा  गत आइतबार एक परिचयात्मक कार्यक्रम सम्पन्न भयो ।

टोकियोको निशि तावातास्थित फुरेआइकान हलमा आयोजित उक्त कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई, सेवाकी अध्यक्ष सुष्मा ओमाता र सदस्य मिसाको मियाजावा लगायतका बिशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

जापानीहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको कार्यक्रममा मियाजावाले नेपालका बारेमा विभिन्न रोचक सामाग्रीका साथै नेपाली भाषा,  सँस्कृति , जातजाती,  हिमाली श्रृंखला तथा बुद्धको जन्मस्थल लुम्बिनीका बारेमा चर्चा गर्नुभएको थियो । त्यसैगरी राजदूत डा.  भट्टराईले लुम्बिनी भ्रमण बर्ष २०१२ का बारेमा प्रकाश पार्दै लुम्बिनी भ्रमणमा जान आग्रह गर्नुभएको थियो । सो अवसरमा सेवाकी अध्यक्ष सुष्मा ओमाताले  सितार बादनसहित एकल कन्सर्ट प्रस्तुत गर्नुभएको थियो ।

स्मरणरहोस्, सितार समाज जापानकी अध्यक्षसमेत रहेकी समाजसेविका सुष्मा ओमाताले आफु संलग्न सँस्था सितार समाज र सेवा नामक सँस्थामार्फत जापानमा हरेक बर्ष नेपालको चिनारी बढाउने खालको २, ४ वटा कार्यक्रमहरु नियमितरुपमा गर्दै आईरहनु भएको छ । जापानका नेपालीहरुबीच अग्रज महिलाकारुपमा चिरपरिचित ओमाताले आफु संलग्न सँस्थामार्फ़त नेपालमा पनि सयौं अनाथ तथा असहाय बालबालिकाहरुलाई शिक्षादिक्षा दिलाउने लगायतका सामाजिक कार्यहरु गर्दै आईरहनु भएको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया