Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – मूल व्यवस्थापन समितिका प्रचारप्रसार संयोजक उमेश कुइँकेलका अनुसार हिन्दुहरुको महानपर्व महाशिवरात्री पर्वमा आठ लाखभन्दा बढीले पशुपतिनाथको दर्शन गरेको थाहा भएको छ । सोमबार शिवारात्री परेकाले पनि दर्शनार्थीको भीड लागेको बताईएको छ। सर्वसाधारण भक्तजन तथा साधु-सन्त लगायत देश-विदेशका दर्शनार्थी पशुपति आएका थिए ।

लगातर तीन दिन सार्वजनिक बिदा र मुलुकमा शान्तमय वातावरणका कारण अन्य वर्षको तुलनामा दर्शनार्थी निकै बढेको जनाईएको छ ।

गत वर्ष पाँच लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेका थिए । दर्शनार्थीको दर्शनका लागि पशुपतिनाथ मन्दिर परिसरका तीनवटा ढोका खुला राखिएको थियो भने पश्चिम गेटबाट बाहिरिने व्यवस्था मिलाइएको थियो । दर्शनका लागि दर्शनार्थी आइतबार राति ११ बजेदेखि लाइनमा बसेका थिए । दर्शनार्थी बढेका कारण पाँच हजार सुरक्षाकर्मी र दस हजार स्वयं सेवकलाई हम्मे-हम्मे परेको थियो । पूर्व गेटतिर ठेलमठेल हुँदा बीस जनाभन्दा बढी घाइते भएका थिए ।

गाँजा र भाङले लठ्ठिएका नागाबाबा, साधु र जोगीहरू पुरुषलाई ‘सम्भु’ र ‘महिला’ लाई पार्वती भनेर सम्बोधन गर्दै थिए । जयवागेश्वरी उकालोमा र श्लेषमान्तक वनमा बसेका नागा र अघोरीबाबासँग स्वदेशी र विदेशी किशोर-किशोरी रमाइलो गर्दै ठठ्टा गरेका थिए । गौशाला, मित्रपार्क, तिलगंगा लगायतका क्षेत्रमा शिवको आराधना गर्दै भक्तजनहरू नाचिरहेका थिए ।

स्वास्थ्य सेवालाई ख्याल गरी १५ वटा शिविरमा ५० जना विशेषज्ञ डाक्टर र स्वयंसेविकाहरूको व्यवस्था गरिएको थियो । मन्दिर प्रवेश गर्न दर्शनार्थीका लागि चारवटा बाटो खुला गरिएको थियो । ***

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया