Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
बागलुङ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व उर्जामन्त्री गोकर्ण बिष्टले आगामी चुनावमा माओवादी पतन हुने दावी गर्नुभएको छ ।
पार्टीको प्रशिक्षणका लागि बागलुङको बुर्तिबाङ आएका बिष्टले मंगलबार बिहान पत्रकारसँग कुरा गर्दै माओवादी नेतृत्वको सरकारले जनघाती काम गरेकोले जनताले आगामी चुनावमा उसको हैसियत स्पष्ट पार्ने जिकिर गर्नुभयो ।
‘माओवादी नेतृत्वको वर्तमान सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धि, जनसत्ताको निर्णयलाई सरकारी मान्यता दिने लगायतका जनघाती काम मात्रै गरेको छ’, बिष्टले भन्नुभयो, ‘आगामी चुनावमा जनताले यसको हैसियत स्पष्ट पार्छन, माओवादी पतन भएर जान्छ ।’
उहाँले नेकपा एमाले चाँडै दोश्रो ठूलो राजनीतिक दल बन्ने दावी गर्नुभएको छ । एमालेले वामदलसँग एकता गर्न लागेको भन्दै उहाँले केही महिना भित्र पार्टीको हैसियत ठूलो हुने बताउनुभयो । ‘
तपाईको प्रतिक्रिया