Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौं– फागुनमा हुने एक सम्मेलनमा भाग लिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतको विहार जाने भएका छन् ।
फेब्रुअरी १७ देखि १९ (फागुन ५–७)सम्म पटनामा हुने ‘ग्लोबल समीट अन चेन्जिङ बिहारः फर्गिङ पार्टनरसीप फर डेभलपमेन्ट’ सम्मेलनको अध्यक्षता गर्न बिहारका मुख्य मन्त्री नितिशकुमारले पठाएको निम्तो स्वीकार गर्दै प्रधानमन्त्रीले जाने निर्णय गरेका हुन् ।
प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले दुई देशको अनुभव आदान प्रदान गर्ने सम्मेलन महत्त्वपूर्ण हुने अपेक्षासहित भट्टराई पटना जान लागेको जानकारी दिए । सन् २००७ मा उक्त सम्मेलनको प्रमुख आतिथ्यता तत्कालिन भारतीय राष्ट्रपति अब्दुल कलाम आजादले गरेका थिए ।
यसैबीच प्रधानमन्त्री डा. भट्टराईले पनि बिहारका मुख्य मन्त्री नितिशकुमारलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
तपाईको प्रतिक्रिया