Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौँ – एकीकृत नेकपा (माओवादी)का वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले देश अझै अर्धसामन्ती र अर्ध औपनिवेशिक अवस्थामा रहेकाले विगतको समीक्षा गर्दै कम्युनिष्ट पार्टीले नयाँ रणनीति बनाएर अगाडि बढ्नु पर्ने बताएका छन्।
वामपन्थी आन्दोलनका अगुवा निर्मल लामाको ८३ औँ जन्मजयन्तीका अवसरमा नेकपा(एकीकृत)द्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले विगतको कम्युनिष्ट आन्दोलनको इतिहासलाई विश्लेषण नगरी क्रान्ति अगाडि बढ्न नसक्ने उल्लेख गरे।
उपाध्यक्ष वैद्यले क्रान्तिका लागि त्याग, दृढता र बलिदानको आवश्यक हुने उल्लेख गर्दै सर्वहारा वर्गका अग्रज निर्मल लामाका योगदानलाई छलफल र बहसमा ल्याउनुपर्नेमा जोड दिए।
तपाईको प्रतिक्रिया