Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
विराटनगर- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आउंदो माघ मसान्तसम्म शान्ति प्रकृया पुरा गरेर संविधानको मस्यौदा जनतासम्म ल्याउन नसके तोकीएको समयमा संविधान निर्माण हुन नसक्ने बताउनुभएको छ ।
विराटनगर विमानास्थलमा आज संचारकर्मीसंग कुरा गर्दै उहांले माघ मसान्तसम्म मस्यौदा ल्याएर जनतामा जाने समयपनि छुट्टयाउनुपर्ने भएकोले त्यो ल्याउन नसर्की जेठ १४ भित्र संविधान आउन नसक्ने बताउनुभएको हो ।
संविधान निर्माण हुन नसके मुलुक ठुलो दुर्घटनामा फस्ने दावी गर्दै नेता नेपालले त्यसपछि चुनावमा गएपनि खर्चिलो हुने भएकोले थप समयमै शान्ति प्रकृया पुरा गरी संविधान निर्माण गर्नुको विकल्प राजनैतिक दलहरु संग नभएको उल्लेख गर्नुभयो ।
शासकिय स्वरुप र राष्ट्रिय सहमतीको सरकार भन्दा मुख्य प्राथमिकता अहिले शान्ति प्रकृयालाई दिनुपर्ने जिकिर गर्दै उहांले शान्ति प्रकृयालाई अगाडी बढाउन नसक्ने प्रधानमन्त्रीले कुर्सी छोड्नुपर्ने बताउनुभयो ।
सेना समायोजन, पुर्नस्थापना र स्वेच्छिक अवकास जानेलाई विदा गरिसक्नुपर्नेमा माओवादीले नियोजित रुपमै सेना र हतियार राखेमात्र शक्तिवढ्छ, पैसापनि आउंछ ,  चुनावमापनि प्रयोग गर्नसकिन्छ र बार्गेनिङ चिपका लागी शान्ति प्रकृया अगाडी नबढाएको नेता नेपालले दावी गर्नुभयो ।
माओवादी जिम्वेवार हुनुपर्नेमा सुधार नआएकोमा चिन्ता ब्यक्त गर्दै बरिष्ठ नेता नेपालले जवसम्म सेना र हतियारको सैन्यवादी चिन्तनवाट माओवादी मुक्त हुंदैन तवसम्म उसमा विश्वास गर्न नसकिने बताउनुभयो ।
तपाईको प्रतिक्रिया