Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर १४ देखि सुरु हुने एसिसी यु-१९ एसिया कप क्रिकेटका लागि टोलीलाई औपचारिक रूपमा बिदाइ गर्दैछ। यसका लागि क्यानले मंगलबार दिउँसो १२ः३० बजे काठमाडौँको नागपोखरीस्थित एक होटलमा विशेष कार्यक्रम आयोजना गरेको छ।

टोलीको कप्तानी हेमन्त धामीले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी अर्जुन कुमालले सम्हाल्नेछन्। यसअघि आइतबार क्यानले १५ सदस्यीय टिमको घोषणा गरेको थियो। जसमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी, रञ्जित कुमार समेटिएका छन्।

टोली आगामी प्रतियोगिताका लागि उच्च मनोबलसहित युएई प्रस्थान गर्ने तयारीमा छ। क्यानले बिदाइ समारोहमार्फत खेलाडीहरूलाई शुभकामना व्यक्त गर्दै सफलताको अपेक्षा गरेको छ।

 

 

तपाईको प्रतिक्रिया