Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

काठमाडौं – नेपाल वायु सेवा निगममा कार्यरत १२ जना पाइलट एकसाथ बिदा बसेपछि उडान तालिका प्रभावित भएको छ । उनीहरू ‘बिरामी परेको वा अपर्झट भैपरी काम आइपरेको’ जनाउँदै ड्युटी नआएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको हो ।

निगमसँग दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी उडाउन ४३ क्याप्टेन छन्  । स्थायी सेवामा कार्यरत निगमका पाइलटहरूले मासिक तलबभत्ता ६ लाख जति पाउँछन्  । तर, करार सेवामा कार्यरत विज्ञ पाइलट तथा क्याप्टेनलाई भने निगमले १२ लाख रुपैयाँसम्म तलबभत्ता दिने गरेको छ । करारमा कार्यरत विज्ञ पाइलटसरह नै तलब पाउनुपर्ने माग राख्दै स्थायी पाइलटहरूले एक महिनाअघि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ज्ञापन बुझाएका थिए ।

तर, पत्नीको उपचारका लागि अधिकारी बिदामा गएपछि पाइलटहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई मन्त्रालयमा भेटेरै ज्ञापन बुझाएका थिए । मन्त्री पाण्डेले कात्तिक महिनाको समय मागेका थिए । तर, माग सम्बोधन भएन । त्यसपछि बिहीबारदेखि उनीहरुमध्ये १२ जना विभिन्न शीर्षकका बिदामा बसेका छन् । भैपरी घरको काम, बिरामी भएको कारण देखाउँदै उनीहरु उडानमा नै गएका छैनन् ।

जसकाकारण अरु पाइलट खोज्दा निगमका जहाज उडान १ देखि १० घण्टासम्म ढिला भएका छन् । निगमको वाणिज्य विभागका अनुसार झन्डै दर्जन पाइलट बिदामा बस्दा आइतबार कम्तीमा ९ सय ६३ यात्रु काठमाडौं, मुम्बई र दुबईमा अलपत्र परेका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया