Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधि सभा सचिव सुरेश अधिकारीको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार अधिकारीले आज बिहान आफ्नो राजीनामा पत्र राष्ट्रपतिलाई बुझाएका थिए।

राष्ट्रपतिबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष संघीय संसदको प्रतिनिधि सभा सचिव श्री सुरेश अधिकारीले संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधि सभाको सचिव पदबाट मिति २०८१ मङ्‌सिर ९ गते दिनुभएको राजिनामा मिति २०८१/८/१० देखि लागु हुनेगरी सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नुभएको छ।’ सचिव अधिकारीले व्यक्तिगत कारणले राजीनामा दिएको बताइएको छ।

यो पनि पढ्नुहोस : सभामुख कम्बोडिया गएका बेला संसद्का सचिवले दिए राजीनामा

तपाईको प्रतिक्रिया