Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौ – आजदेखि धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको छ। परीक्षणका क्रममा निःशुल्क प्रवेश गरिएको धरहरामा अब स्वदेशी र विदेशी पर्यटकका लागि फरक शुल्क तोकिएको छ।

स्वदेशी नागरिकले धरहरा चढ्न प्रतिव्यक्ति २०० रुपैयाँ तिर्नुपर्नेछ। सार्क राष्ट्रका पर्यटकले ५०० रुपैयाँ र अन्य राष्ट्रका पर्यटकले १००० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था शहरी विकास मन्त्रालयले गरेको छ। यो व्यवस्था बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, र अपाङ्गता भएका व्यक्तिहरूका लागि शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

धरहरा परिसरमा पार्किङ शुल्क पनि तोकिएको छ। जसअनुसार चारपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा २० रुपैयाँ र दुईपाङ्ग्रे सवारीका लागि १० रुपैयाँ लाग्नेछ। यस्तै, राष्ट्रिय महत्त्वका विज्ञापनका लागि धरहरा स्तम्भ प्रयोग गर्न प्रतिघण्टा ५ हजार, व्यावसायिक भिडियो छायांकनका लागि ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

तपाईको प्रतिक्रिया