Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच शनिबार बिहान भेटवार्ता भएको छ। पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पन्न उक्त भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित, बीआरआई परियोजना, पोखरा विमानस्थल लगायतका विषयमा छलफल भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

भेटका क्रममा लिङ्देनले आगामी मंसिर १७ गते चीन जाने प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका सन्दर्भमा पनि छलफल भएको बताए। भ्रमणको क्रममा बीआरआईमा हस्ताक्षर हुने सम्भावना रहे पनि त्यसलाई ऋणका रूपमा लिने कि अनुदानका रूपमा भन्ने विषयमा अझै निर्णय हुन बाँकी रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया