समाचार सुन्नुहोस :
काठमाडौँ – पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको आदिवासी क्षेत्रमा अज्ञात बन्दुकधारीहरुले यात्रुबाहक बसमाथि गरेको आक्रमणमा ४० भन्दा बढीको मृत्यु भएको छ । यो घटनामा १६ भन्दा बढी व्यक्ति गम्भीर घाइते भएको बताइएको छ। झण्डै २ सय यात्रुबाहक सवारी साधनहरू उक्त क्षेत्र हुँदै गइरहेका बेला यो आक्रमण भएको हो।
स्थानीय स्तरमा भूमिको स्वामित्वलाई लिएर दशकौँदेखि शिया र सुन्नी मुस्लिम समूहहरूबीच हिंसात्मक विवाद भइरहेकाले घटनालाई त्यसैसँग जोडेर हेरिएको छ। यद्यपि, अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।