Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार विभिन्न राजनीतिक दल र नागरिक संस्थाहरूले ध्यानाकर्षण पत्र बुझाउँदै इजरायलद्वारा प्यालेस्टाइन र लेबनानमाथि भइरहेको हमलाको विरोध गर्न आग्रह गरेका छन्। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेट्दै नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा अन्यायको विरोधमा स्पष्ट रूपमा प्रस्तुत हुनुपर्ने माग राखेका थिए।

ज्ञापनपत्रमा नेपालको तटस्थ परराष्ट्र नीतिलाई अन्यायविरुद्ध उभिने दिशामा परिवर्तन गर्न र संयुक्त राष्ट्रसंघजस्ता मञ्चहरूमा स्पष्ट धारणा व्यक्त गर्न आग्रह गरिएको छ। साथै, हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी र इजरायलमा रहेका अन्य नेपालीहरूको सुरक्षा सुनिश्चित गर्दै उनीहरूलाई नेपाल ल्याउन तत्काल पहल गर्न माग गरिएको छ।

भेटमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेकपा एकीकृत समाजवादीका सचिव शेरबहादुर कुँवर लगायतका नेताहरू सहभागी थिए।

 

 

तपाईको प्रतिक्रिया