Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मंगलबार सेयर बजारमा ठूलो गिरावट देखिएको छ। बजार ५१ अंकले घटेर २,७०२ बिन्दुमा ओर्लिएको हो। कारोबारको सुरुवातदेखि नै बजार निरन्तर ओरालो लागेको थियो।

यद्यपि, भारी गिरावटका बाबजुद कारोबार रकममा भने ठूलो कमी आएको छैन। मंगलबार कुल २ करोड २५ लाख ८८ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। यसको मूल्य १० प्रतिशतले वृद्धि हुँदै प्रतिकित्ता ५,२२६ रुपैयाँ पुगेको छ।

बजारमा २० कम्पनीका सेयर मूल्य बढेका छन्। जबकि २२४ कम्पनीका मूल्य घटेका छन् र एउटा कम्पनीको मूल्य स्थिर रह्यो। नेप्सेका सबै उपसमूहको सूचकमा गिरावट आएको छ।

तपाईको प्रतिक्रिया