Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ। महर्जनले आइतबार औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

पेशाले इन्जिनियर महर्जनले यसअघि २०६२ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा भएको नगर चुनावमा मेयरको रूपमा जित हासिल गरेका थिए। त्यसबेला उनले ५८ दिनसम्म मेयरको जिम्मेवारी सम्हालेका थिए। पार्टीले उनको अनुभव र नेतृत्व क्षमतालाई ध्यानमा राख्दै यसपटक मेयर पदका लागि उम्मेदवार बनाएको हो। उम्मेदवारी दर्ता गर्दै उनले भने– ‘मलाई चुनौती छ, कीर्तिपुरलाई नयाँ बनाएर काम गरेर देखाउँछु । १९ वर्षमा विकासमा नभएको काम गरेर देखाउँछु । बाँकी अधुरा र काम गरेर देखाउँछु । ५८ दिनमा गर्न नसकेको काम गरेर देखाउँछु ।’

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिका–१ को वडा अध्यक्ष पदका लागि सुरेन्द्र उप्रेती र वडा नम्बर ४ का लागि विजेश बस्नेतलाई उम्मेदवार बनाएको छ। दुवै जनाले आइतबार आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

 

 

 

तपाईको प्रतिक्रिया