समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ कुमारी गाम्छास्थित एक घरभित्र तीन जनाको मृत शरीर फेला परेको छ। कान्छा नगरकोटीकी श्रीमती सीता दंगाल, १५ वर्षीया छोरी अंशु मोक्तान र दुई महिनाका छोरा आफ्नै घरको कोठाभित्र मृत अवस्थामा भेटिएका हुन्।
कान्छा नगरकोटीले कात्तिक १६ गतेदेखि आफ्नो परिवार सम्पर्कविहीन भएको भन्दै खोजतलासका लागि प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि खोजीमा खटिएको प्रहरी टोलीले बिहिवार अपराह्न घरभित्र उनीहरू मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
घटनाको थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालन गरिएको अधिकारीले जनाएका छन्।