Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न भनी व्यक्त गरिएका प्रतिबद्धताहरु पूरा गर्न सबै विकसित मुलुकहरुलाई आग्रह गरेका छन् । उनले बिहीबार गणतन्त्र अजरबैजानका राष्ट्रपति ईल्हाम अलियेभसँगको भेटवार्तामा यो आग्रह व्यक्त गरेका हुन्। उनले विकसित मुलुकहरूलाई जलवायु परिवर्तनको असर सम्बोधनका लागि ठोस कदम चाल्न आग्रह गरे।

नेपालले न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनबाट ठूलो असर भोगिरहेको भन्दै उनले हिमालमा हिउँ पग्लनु, तल्लो क्षेत्रका जनतालाई स्वच्छ पानीको अभाव हुनु र बेमौसमी वर्षाले देशव्यापी जनधनको क्षति भएको उल्लेख गरे।

भेटवार्तामा अजरबैजानका राष्ट्रपति अलियेभले आफू अझै एक वर्ष कोपको अध्यक्ष रहने सन्दर्भमा जलवायु परिवर्तनसम्बन्धी मुद्दामा नजिक गरेर काम गर्ने बताएको सल्लाहकार पोखरेलले जानकारी दिए ।

 

 

 

तपाईको प्रतिक्रिया