Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वमन्त्री रामवीर मानन्धर एमालेमा पुनः फर्किएका छन्। ०७९ को चुनावपछि छुट्टै उम्मेदवारी दिएका उनी एमालेमा निष्कृय भएका थिए । काठमाडौंको वडा नम्बर १६ मा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। सो वडामा उम्मेदवारी घोषणा गर्ने एमालेको कार्यक्रममा सहभागी भएर अब आफू एमालेमा फर्किएको बताएका हुन्। उक्त कार्यक्रममा एमालेले लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवारको रूपमा प्रस्तुत गरेको छ।

एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले मानन्धर एमालेको कार्यक्रमहरुमा सक्रिय भएको बताए । ‘उहाँले पार्टी छोड्नु भएको होइन, थिएन । चुनावमा छुट्टै उम्मेदवारी दिनुभएपछि फरक परिस्थिति बनेको थियो’ अध्यक्ष निरौलाले भने, ‘अहिले पार्टीमै सक्रिय हुनुभयो ।’ एमालेबाट अलग भएको घोषणा नगरेकाले मानन्धरको प्रवेश कार्यक्रम जरुरी नभएको अध्यक्ष निरौलाले बताए ।

तपाईको प्रतिक्रिया