Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा आफू प्रत्यक्षदर्शी भएको दाबी गर्दै टेलिभिजन अन्तर्वार्ता दिएका नवराज अर्याललाई प्रहरीले सोधपुछ गरेको छ। अर्यालले प्राइम टेलिभिजनमा ऋषि धमलासँगको अन्तर्वार्तामा तीन जनाले निर्मलामाथि सामूहिक बलात्कार गरेको र आफूले ती व्यक्तिहरूलाई चिन्ने बताएका थिए। यो अन्तर्वार्ता भाइरल भएको छ। तर धेरैले उनको दाबीलाई विश्वास गरेका छैनन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अर्याललाई बोलाएर सोधपुछ गरेको छ। सोधपुछपछि सीआईबीले अर्यालको मानसिक अवस्था ठीक नरहेको निष्कर्ष निकालेको छ। अर्यालले प्रहरीसँग पनि आफ्नो प्रत्यक्षदर्शी भएको कुरा दोहोर्‍याएका थिए र तीनजना व्यक्तिहरूको नाम समेत दिएका थिए।

प्रहरीका अनुसार अर्यालले ३० वर्षसम्म सवारीचालकका रूपमा सरकारी जागिर गरेका थिए तर २०७७ सालमा नक्कली लाइसेन्सको मुद्दा परेपछि जागिरबाट बर्खास्त भए। त्यसपछि उनी मानसिक समस्यामा परेका हुन् भन्ने सीआईबीले बताएको छ।

 

 

तपाईको प्रतिक्रिया