Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले सडक सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना घटाउन प्रहरीलाई थप सक्रिय हुन निर्देशन दिएका छन्। हाल सवारी दुर्घटनाका घटनाहरू बढ्दै गइरहेका सन्दर्भमा गृहमन्त्री लेखकले नेपाल प्रहरी प्रमुख, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई देशभरका प्रहरी युनिटहरूलाई सशक्त रूपमा परिचालन गर्न आग्रह गरेका छन्।

उनले यात्रु वाहक सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नराख्न र मालवाहक सवारी साधनमा यात्रु नबोक्न कडाइका साथ नियम लागू गर्न निर्देशन दिएका छन्। यसले दुर्घटना न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको धारणा रहेको छ।

‘सडक सुरक्षा कायम प्रहरी प्रमुख मार्फत मुलुकभरका प्रहरी युनिटलाई परिचालन गर्न निर्देश गरेको छु।’ गृहमन्त्री लेखकले भने, ‘सवारी दुर्घटना न्युनीकरणका लागि यातायात व्यवसायी, यातायात मजदुर र सरोकारवाला निकायले पनि सजगता अप्नाउनुपर्छ।’

तपाईको प्रतिक्रिया