Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बुटवलको सुप्रिम सहकारी घोटालामा अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही ल्याउन लागिएको छ। कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बिहान पोखराबाट विमानमार्फत भैरहवा ल्याइँदै छ।

रुपन्देहीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरका अनुसार लामिछानेलाई भैरहवामा ल्याएपछि आजै बयान सुरु गरिनेछ। छिटोभन्दा छिटो बयान प्रक्रिया पूरा गरेर उनलाई पुनः पोखरा पठाइने बताइएको छ।

कात्तिक २ गते सहकारी ठगीको आरोपमा पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतले १३ दिनको म्याद थपेको थियो। लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान भइरहेको छ।

सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडियामार्फत अपचलन गरेको आरोपमा लामिछानेसहितको समूहविरुद्ध मुद्दा दायर भएको छ। यसअघि छविलाल जोशी लगायतका व्यक्तिहरूलाई पनि बयानका लागि रुपन्देही ल्याइएको थियो।

सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछाने, जोशी र अन्य १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। यसैबीच, लामिछानेलाई बयानका लागि भैरहवा ल्याइने खबरसँगै रास्वपाले आज बिहान ११ बजेबाट विरोध प्रदर्शनको तयारी गरेको छ।

 

 

तपाईको प्रतिक्रिया