काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत छ। आइतबार जुन दरमा कारोबार भएको थियो, आज पनि अमेरिकी डलर सोही दरमा कारोबार हुने छ। तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य भने आज घटेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा छ।
शनिबार र आइताबर पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आजको युरो एकको खरिदर एक सय ४४ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ०३ पैसा छ। त्यस्तै आजको लागि यूके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ०९ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८६ पैसा छ।आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०७ पैसा छ।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ३० पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ २५ पैसा छ। बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ३२ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९१ पैसा छ। त्यस्तै जापानी येन १० को खरिददर ८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।