समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले चीन र अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गरेका छन्। यसअघि संसदीय सुनुवाइ सम्पन्न भएका प्राडा कृष्ण प्रसाद ओलीलाई चीनमा र लोकदर्शन रेग्मीलाई अमेरिकामा राजदूतको जिम्मेवारी सुम्पेका हुन्।
शीतल निवासले जानकारी दिएको अनुसार, राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा १ अनुसार यी नियुक्तिहरू गरेका हुन्।