Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालमा पहिलो पटक सामाजिक सञ्जाल टिकटकले आधिकारिक रूपमा दर्ता प्रक्रिया पूरा गरेको छ। तिहारअघि नै दर्ता प्रक्रिया सम्पन्न भए पनि टिकटकले मंगलवारमात्र नेपालमा आधिकारिक रूपमा दर्ता प्रमाणपत्र प्राप्त गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार, यो दर्ता सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिम भएको छ।

यस अघि टिकटकले नेपालमा कुनै आधिकारिक स्थिति नराखेको भए पनि अब कानूनी प्रक्रिया पालना गर्दै अघि बढ्ने भएको छ। टिकटकले साइबर अपराधका घटनामा अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। साथै, टिकटकले नेपालको कानूनी सर्तहरू पालना गर्ने, पर्यटन प्रवर्द्धन र डिजिटल साक्षरतामा पनि सहयोग गर्ने आश्वासन दिएको छ।

निर्देशिकाको प्रावधान अनुसार, दर्ता भएको कम्पनीले प्रत्येक ३ वर्षमा विवरण अद्यावधिक गराउनुपर्ने व्यवस्था छ। यसअघि २७ कात्तिक २०८० मा सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले टिकटकमा प्रतिबन्ध लगाएको थियो। साढे नौ महिनापछि, सरकार र टिकटकबीचको वार्तापछि प्रतिबन्ध हटाइएको हो। मेटा र एक्स पनि छिट्टै नेपालमा दर्ता हुने अपेक्षा गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया