Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) का अध्यक्ष तथा भारतका ऊर्जा मन्त्री प्रल्हाद वेंकटेश जोशीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ। भेटमा दुवै देशले दिगो विकास, जलवायु परिवर्तनका असर न्यूनीकरण, स्वच्छ ऊर्जा सङ्क्रमणमा सहकार्य गर्ने विषयमा छलफल गरेका थिए।

मन्त्री खड्काले नेपालका लागि सोलार रोडम्याप निर्माण, सौर्य ऊर्जाको सम्भाव्यता खोजी, सौर्य सिँचाइ तथा सोलार टेक्नोलोजी केन्द्र स्थापना गर्न आइएसएसँग सहकार्य गर्ने आशा व्यक्त गरे। उनले बुढीगण्डकी जलविद्युत् परियोजनामा एक हजार मेगावाटको फ्लोटिङ सोलार विकासका लागि सहयोगको अनुरोध पनि गरे।

जोशीले नेपालमा सौर्य आयोजनालाई अघि बढाउन आइएसए कोषमार्फत आर्थिक सहयोग गरिने बताए। भेटमा नेपाली र भारतीय प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया