Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मुलुकभरको हवाई उडान प्रतिकूल मौसमका कारण सामान्य रूपमा प्रभावित भएको छ। काठमाडौँबाट विशेष गरी दुर्गम क्षेत्रतर्फका उडानहरूमा कमजोर दृश्यता (भिजिबिलिटी)का कारण उडान स्थगित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्लातर्फ बाक्लो कुहिरोका कारण उडान हुन सकेको छैन। सुगम क्षेत्रका उडान भने नियमित रूपमा भइरहेका छन्।

काठमाडौँ विमानस्थलमा इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) अन्तर्गतका उडानहरू मात्र भइरहेका छन् भने भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडानहरू प्रभावित भएका छन्। यसले गर्दा उल्लेख्य संख्यामा पर्यटकहरू विमानस्थलमा अड्किएका छन्। तराई क्षेत्रतर्फका उडान नियमित भए पनि दुर्गम क्षेत्रका अधिकांश उडान अझै प्रभावित छन्।

अन्तर्राष्ट्रिय उडानहरू भने सामान्य रूपमा सञ्चालन भइरहेका छन्। मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बङ्गाल आसपासको न्यूनचापीय प्रणालीको प्रभावले मौसममा खराबी आएको जनाएको छ। बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने अन्य ठाउँमा मौसम आंशिक बदली रहेको छ।

तपाईको प्रतिक्रिया