Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा आज टोकियोमा बिबिक्यु (पिकनिक) सहितको शुभकामना आदान प्रदान कार्यक्रम हुँदै छ ।

एनआरएन जापानले एनआरएन डे, नेपालीहरुको महान पर्व बडा दशैं, दीपावली, नेपाल सम्बत, छठ लगायतका ठूला पर्वहरुको उपलक्ष्यमा बिबिक्यू (पिकनिक) सहितको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष नविन निउरेले जानकारी दिए ।

कार्यक्रम कोतो वार्ड अन्तर्गत तोयोसुस्थित तोयोसु गुरुरी पार्कमा अपरान्ह ४ बजेदेखि साँझ ८:३० बजेसम्म हुने बताईएको छ ।

कार्यक्रममा जापानमा क्रियाशिल विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, एनआरएन अभियान्ता, ब्यवसायी, विद्यार्थी तथा सामाजिक ब्यक्तित्वहरुको सहभागिता रहने बताईएको छ । उक्त कार्यक्रममा शुभकामना आदान-प्रदान गरिनुका साथै दशैं विशेष मनोरञ्जन रहने महासचिव टिकाराम खरेलले बताए ।

कार्यक्रममा उत्साहजनक सहभागिताका लागि जापानबासी नेपालीहरुमा एनआरएन जापानले अपिल गरेको छ ।***
कार्यक्रम हुने स्थानको ठेगानाः
〒135-0061 Tokyo-To, Koto-Ku, Toyosu 6-5-27
Toyosu Gururi Park BBQ Place

तपाईको प्रतिक्रिया