Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन २५, २०८१
Friday, October 11, 2024

टोकियो – जापानको संसद्को तल्लो सदन आधिकारिक रूपमा विघटन भएको छ । प्रधानमन्त्री शिगेरु इसिबाले आफ्नो पार्टीको तल्लो सदनमा बहुमत प्राप्त गर्न खोजेकाले आम निर्वाचनको चरण तय गर्न वर्तमान सदन बुधबार भंग गरेका हुन् ।

आम चुनाव अक्टोबर २७ मा हुने भनिएको छ । इशिबाले सेप्टेम्बर २७ मा सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को निर्वाचनमा जित हासिल गरेका थिए ।

एलडीपी नेतृत्वको गठबन्धनद्वारा नियन्त्रित संसदमा अक्टोबर १ मा इसिवा प्रधानमन्त्री निर्वाचित भएका थिए ।२०२३ को अन्त्यमा एलडीपीको राजनीतिक कोष घोटाला बाहिर आएपछिको पहिलो आम चुनाव हुनेछ । एजेन्सी

तपाईको प्रतिक्रिया