Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

टोकियो – जापानले क्षेत्रीय विमानस्थलमा विस्फोट नभएको अवस्थामा रहेका विस्फोटक सामग्री सफा गर्ने भएको छ । जापानले दोस्रो विश्वयुद्धका समय अमेरिकाले खसालेको बम दक्षिणको ट्याक्सी वेमा विस्फोट भएपछि जापानले यो घोषणा गरेको हो ।

यो उपकरण बुधबार युद्धको समयमा जापानी आत्मघाती पाइलट (कामीकेज)हरूका लागि पूर्व आधार शिविर रहेको मियाजाकी विमानस्थलमा विस्फोट भएको थियो । एएफपीले प्राप्त गरेको फुटेजमा कम्तीमा १० मिटर (३० फिट) सम्म माटोको मुस्लो हावामा उडेको देखिएको छ । घटनामा कोही पनि हताहत नभए पनि साँझसम्म उडान स्थगन गरिएको छ ।

यातायात मन्त्री टेट्सुओ साइतोले शुक्रबार पत्रकार सम्मेलनमा भने, ‘मियाजाकी विमानस्थल र अन्य विमानस्थलमा चुम्बकीय साधनको प्रयोग गरी यस्ता खतरनाक वस्तु रहेको भेटिएमा खोजी गर्न सरकारले आदेश दिएको छ ।’ राष्ट्रिय प्रसारक एनएचकेका अनुसार सुरुमा सेन्दाई, फुकुओका र नाहाको क्षेत्रीय व्यापारिक हबका विमानस्थलहरूमा खोजी केन्द्रित हुनेछ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया