Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

काठमाडौं – पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो माथिल्लो स्तरमा ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । पोर्चुगलले नेसन्स लिगमा बिहीबार क्रोएसियालाई २-१ ले हराउँदा रोनाल्डोले दोस्रो गोल गरेका थिए । ३९ वर्षीय रोनाल्डोले ३४ औं मिनेटमा भलिमा गोल गरेका हुन् ।

नुनो मेन्डेसको‌ क्रसमा रोनाल्डोको गोल सम्भव भएको थियो । पोर्चुगलका लागि खेल्न थालेको २० वर्षपछि रोनाल्डोले १ सय ३१ औं गोल पूरा गरे । गोल गरेपछि खुसी मनाउने क्रममा उनी घुँडा टेकेर बस्दै भावुक भएका थिए ।

डिओगो डालोटको गोलमा सातौं मिनेटमा पोर्चुगललाई अग्रता दिलाएका थिए । डालोटकै आत्मघाती गोलमा ३१ औं मिनेटमा खेलमा २-१ भएको थियो ।

रोनाल्डोले ९ सय गोलको कीर्तिमानका लागि स्पोर्टिङ लिस्बनबाट ५, म्यानचेस्टर युनाइटेडबाट १ सय ४५, रियल म्याड्रिडबाट ४ सय ५० , युभेन्टसबाट १ सय १ र अहिले साउदी अरबको अल नासरबाट ६८ गोल गरेका थिए । नेसन्स लिगको समूह एमा रहेको पोर्चुगल पोल्याण्डसँगै ३ अंक भएको छ । पोल्याण्डले स्कटल्याण्डलाई हराएको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया