Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – हिन्दु धर्मावलम्बीहरुको भावनामा ठेस पुर्याएको भन्दै दक्षिण भारतीय चलचित्रकी चर्चित अभिनेत्री नयनताराविरुद्ध हिन्दु सेवा परिषद् कानुनी लडाईमा उत्रिएको छ ।

परिषदले उनीविरुद्ध जबलपुरस्थित ओमती प्रहरी चौकीमा जाहेरी दर्ता गराएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । नयनतारा मुख्य भूमिकामा रहेको तामिल चलचित्र अन्नपुर्णीले हिन्दु धर्मालम्बीहरुलाई अपमान गरेको आरोप छ ।

चलचित्रको केही संवादमा भगवान श्रीरामबारे अभद्र टिप्पणी गरिएको, बिरयानी बनाउनुअघि मन्दिरको पुजारीकी छोरीले हिजाब लगाएर नमाज पढिरहेको देखाइएको, ब्राम्हण हिन्दु केटीले मुस्लिम धर्मलाई प्रेरित गरेको, साँझको समयमा पुजारीको घरमा सन्ध्या आरती भइरहेको बेलामा अभिनेत्रीले मासु पकाइरहेको जस्ता दृश्यका कारण यस्तो विवाद नसकिएको हो । चलचित्रमा नयनताराले मन्दिरको पुजारीको छोरीको भूमिका निभाएकी छन् ।

तपाईको प्रतिक्रिया