Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राप्रपा अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्देन शनिबार बिहान हङकङ प्रस्थान गरेका छन्। पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा त्यहॅा आयोजित समाजको अधिवेशनलाई सम्बोधन गर्न र हङकङमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया कार्यक्रममा सहभागी हुन उनी हङकङ गएका हुन्।

अध्यक्ष लिङ्देनको भ्रमणदलमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवासी नेपाली एकता समाज (पानस) आइसिसिका अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मत जङ्ग कार्की सहभागी छन्। हङकङ प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन्।

अध्यक्ष लिङ्देन पौष १२ गते स्वदेश फर्किने पार्टीका प्रवक्ता एवं प्रचार प्रसार विवाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया